शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

सीसीपीले दियो बाढी पीडितलाई राहत

शुक्रबार, १८ असोज २०८१, २० : ३०
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले बाढी पीडितलाई राहत दिएको छ । सीसीपीले दिएको  एक करोड ९० लाख ७० हजार रुपैयाँ बराबरको राहत सामग्री शुक्रबार काठमाडौँ महानगरपालिका–१२ वडा कार्यालयको समन्वयमा बाढीबाट प्रभावितलाई वितरण गरिएको छ । 

काठमाडौँको टेकुस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा सर्वदलीय भेलाको रोहबरमा बाढी प्रभावितलाई प्रदान गर्न वडाअध्यक्ष बालकृष्ण महर्जनलाई सो राहत सामग्री हस्तान्तरण गरिएको छ । चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्टका प्रतिनिधि समेतको उपस्थितमा वडाले पीडितहरूलाई राहत उपलब्ध गराएको छ । 

राहत सामग्रीमा चामल, दाल, म्याट, ब्याङकेट, तेल, साबुन, ब्रस मञ्जन, भाँडा वर्तन, झुल लगायत छन् । ४२ भन्दा बढी घरपरिवारलाई उक्त राहत सामग्री वितरण गरिएको सीएफआरडीले जनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदी, नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराई र चिनियाँ दूतावासका कन्सुलर वाङ् छिनको सहभागिता थियो । 

यसअघि चिनियाँ रेडक्रस सोसाइटीले बाढी पीडितहरूको सहयोगार्थ नेपाल सरकारलाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सो रकम बराबरको चेक गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर हस्तान्तरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप