शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

नेफेज अध्यक्षमा कार्की, बमलाई पपुलर मत

शुक्रबार, १८ असोज २०८१, २० : २५
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेफेजको शुक्रबार भएको ३९औँ साधारण सभापछि भएको मतदानमा कार्की ४५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन् । कुल १०४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा. रवि शर्मा अर्यालले जानकारी दिए । उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गरे ।

महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला)मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित भए । दुई सदस्य (पुरुष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी भए । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त अर्यालले बताए । बमले पपुलर मत पाएको बताइएको छ । 

सदस्यका अर्का उम्मेदवार प्रकाश रिमालले ३० मत प्राप्त गरे छ । जम्मा ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा दुई महिला सदस्य र दुई विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदहरूमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप