विशेष सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
दसैँ मनाउन सहरबाट गाउँ भित्रिने क्रम बढ्ने भएकाले यो समयमा सुरक्षित यात्राको प्रबन्ध मिलाउन उनले मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
लुम्बिनी प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको छ । दसैँ भित्रिएसँगै चाडपर्व लक्षित सुरक्षा योजनालाई कार्यान्वयन गर्न थालिएको हो ।
नेपाल प्रहरीले पूर्व–पश्चिम लोकमार्गसहित अन्य सडक क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष निगरानी अभियान चलाएको छ ।
सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, आरक्षण सिटको कार्यान्वयन, तीव्र गतिमा गुड्ने सवारी साधनलाई निगरानीमा राख्ने जस्ता कामहरू भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेर कडायताले बताए ।
सडक दुर्घटनाबाट हुने मानवीय क्षतिलाई घटाउने, चोरी, डकैती, लुटपाट जस्ता कुनै आपराधिक काम हुन नदिने, यात्रुहरूको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने गरी चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए