परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा भाग लिई शुक्रबार अपराह्न स्वदेश फर्किएकी हुन् ।
क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन् । आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताइन् ।
उनले भनिन्, ‘कतारमा एसियन कोअपरेटिभ डाईलग थियो । त्यसमा २ वटा इस्यु थियो–एउटा एआईकै इस्यु थियो । त्यसमा अन्तर्राष्ट्रिय जगतले नै चासो देखायो । यी कुराहरूलाई हामीले राख्यौँ त्यहाँ । बल्ड पिस, एसियामा भइरहेको लडाईका विषयमा पनि कुरा भयो । त्यहाँ स्पोर्टस् डेभ्लोमेसीको कुरा पनि थियो । त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर र्याफ्टिङको एकदमै सम्भावना छ । हामी त्यसमा लिडरसिप लिनसक्छौं भन्ने कुरा राखेर आएको छु ।’
कतारमा आयोजित सम्मेलनमा एसिडी सम्मेलदनको क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश