चाडपर्व लक्षित गरी सशस्त्र प्रहरीले ११६ स्थानमा सहायता कक्ष स्थापना गर्ने

काठमाडौँ । चाडपर्व लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय १६ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने भएको छ । जसमध्ये ६६ वटा स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको जनाइएको छ ।
दसैँ, तिहार तथा छठपर्व लगायतका चाडवाडका वेला सीमा नाकाबाट गन्तव्यतर्फ जाने आम नागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता कुमार न्यौपानेले बताए ।
चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको उनले बताए ।
यसैगरी विभिन्न प्रयोजनले मुख्यतया १३ वटा जिल्लाबाट पर्यटकहरू प्रवेश गर्ने गरेको तथ्यलाई मनन गरी उनीहरूको सहायताको लागि इलाम जिल्लाको पशुपतिनगर फाटक, झापाको काँकडभिट्टा, धनुषाको जटही, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह र कञ्चनपुर जिल्लाको गड्डाचौकीमा गरी ८ ठाउँमा पर्यटक सहायता कक्ष समेत स्थापना गर्ने लक्ष्य रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बरिष्ठ नेताको निधनप्रति राप्रपा दुःखी
-
खाणद्वारा बोहराको निधनमा दुःख व्यक्त
-
सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
-
बागमती प्रदेशसभाः सात दलको ११ घण्टा बसेको छलफल निष्कर्षविहीन
-
दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री
-
मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'