शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा बस्न्यात नियुक्त

शुक्रबार, १८ असोज २०८१, १८ : २४
शुक्रबार, १८ असोज २०८१

पोखरा । गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा अन्जन बस्न्यात नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले बस्न्यातलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

निर्देशक सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन भएको थियो । समितिमा सामाजिक विकास मन्त्रालयका सचिव र मनकामना क्षेत्र विकास समितिका अध्यक्ष सदस्य थिए ।

कार्यकारी निर्देशक हुन ४ जनाले आवेदन दिएका थिए । वस्न्यातसहित मनकामनाकै गणेश थापा, मिलन श्रेष्ठ र रोशना घिमिरेको पनि आवेदन परेको हो । यद्यपि प्रस्तुति र कार्ययोजनाका आधारमा बस्न्यातलाई नियुक्त गरिएको छ ।

उनको कार्यकाल ४ वर्षको हुनेछ । क्षेत्र विकास समितिको सबै प्रशासनिक काम गर्ने गरी कार्यकारी निर्देशक नियुक्त गरिएको हो । यसअघि क्षेत्र विकास समितिको अध्यक्षमा काजीबाबु श्रेष्ठलाई नियुक्त गरिएको छ ।

मनकामना मन्दिरको भेटी व्यवस्थापन निकै चुनौतीपूर्ण छ । संघ सरकार मातहत रहेको मन्दिर अघिल्लो वर्षदेखि प्रदेश सरकारको स्वामित्वमा आएको हो । आफ्नो स्वामित्वमा आएपछि आवश्यक नियुक्ति गरिएको सरकारले जनाएको छ ।

भेटी व्यवस्थापनको काम पनि यही समितिले गर्ने सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले बताए । उनका अनुसार सबै भेटी क्षेत्र विकास समितिको कोषमा जम्मा गर्ने र सोही कोषबाट रकम परिचालन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप