पोखरा महानगरले थाल्यो बजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट

पोखरा । दसैँ नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराका विभिन्न ८ वटा पसलमा अनुगमन गरिएको हो ।
पोखरा महानगर– २ मा रहेका भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा नम्बर ३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा अनुगमन गरिएको गुरुङले जानकारी दिइन् ।
अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री, सरकारले प्रतिबन्ध लगाएका प्लाष्टिकको माला तथा फूलका गुच्छा जफत गरेको छ । ११ हजार १ सय ७९ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको उनले बताइन् । प्रतिबन्धित माला र फूलका गुच्छा बेच्नेलाई महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यसबाहेक विभिन्न पसलबाट म्याद गुज्रेका तेल, पिठो, दालचिनी, मसला जस्ता सामग्री नष्ट गरिएको हो ।
अनुगमन गरिएका सातवटै पसलका सञ्चालकलाई असोज २१ गते महानगरमा उपस्थित हुन भनिएको छ ।
चाडपर्व धेरै सामाग्रीको खपत हुने भएकाले मूल्यवृद्धि गर्ने र म्याद गुज्रेका सामग्रीहरू समेत बिक्री वितरण हुने आशंकामा बजार अनुगमन थालिएको गुरुङको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी