यो सरकारलाई जिरो नम्बरचाहिँ दिनु हुँदैन : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपदमा काम नगरेको भनेर सरकारलाई जिरो नम्बर दिन नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत रहेको विकास तथा पूर्वाधार समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले विपद पछाडि सरकारले काम गरिरहेको दाबी गरे ।
सरकारले पहिलो प्राथमिकता उद्धारलाई दिएको बताउँदै राजमार्गमा अलपत्र परेका वृद्धवृद्धाहरूको उद्धार गरिसकेको बताए । बीपी राजमार्गमा अलपत्र परेका झन्डै ५ सयवटा सवारी साधन र ती सवारी साधन कुरेर बसेका सवारी चालक र सहचालक को उद्धार गर्न बाँकी रहेकाले खोलाबाट डाइभर्सन गरेर भएपनि गाडीहरु काठमाडौँ ल्याउन लागि परेको बताए ।
सांसदहरूले सरकारले विपद पछाडि कुनै काम नगरेको, विपद अगाडि पूर्व तयारी नगरेको आरोप लगाएपछि उनले भने– ‘यो सरकारले काम गरिरहेको छ, काम नै गरेन भनर सरकारलाई जिरो नम्बर दिन हुँदैन । कमी कमजोरी नै हुँदैन भन्ने हुँदैन, हामीले काम गरेका छौँ ।’ उनले प्रधानमन्त्री एक घण्टा अगाडि छिटो आएको भए अर्कै हुन्थ्यो भन्ने तरिकाले आलोचना गर्न नहुने बताए ।
वीपी राजमार्गको फोक्सिनटारमा दुवैतर्फ २०–२० मिटर पुल कटान भएको र त्यहाँ बेली ब्रिज राख्न अप्ठ्यारो भएको बताए । अहिले चाइनाबाट बेली ब्रिज ल्याउनुपर्ने र खरिद प्रक्रियाबाट ल्याउँदा अप्ठ्यारो रहेको बताउँदै द्रुत गतिमा कसरी ल्याउन सकिन्छ त्यसबारे पहल गर्ने बताए ।
वीपी राजमार्गमा दसैँ अगाडि गाडी गुडाउने अवस्था नरहेको वैकल्पिक बाटोको अवस्था पनि बाटो बनाउने अवस्था पनि नरहेको उल्लेख गरे । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले पूर्व तयारी नगरेको प्रधानमन्त्री विपदको बेलामा अमेरिकामा उद्घाटन गर्न बसेको, अघिल्लो सरकारले विपदमा द्रुत गतिमा उद्धारको काम गरेको बताएपछि सिन्धुपाल्चोकको जुरेको पहिरो नजिक ठूला–ठूला क्रसर आफूले पनि देखेको तर त्यो अघिल्लो सरकारले किन नहटाएको भन्दै प्रश्न गरे ।
वीपी हाइवेमा १२ किलोमिटर सडक बगाएको सडक सबै ठाउँमा दुई लेनको पुल बनाउन सकिन्छ कि भनेर पनि कुरा गरेको तर त्यो अहिले सम्भव नभएको बताए । अर्को विकल्प खोलाको तलबाट वाल उठाएर बाटो बनाउन पनि समय लाग्ने र दसैँ अगाडि बाटो सुचारु गर्न सकिने अवस्था नभएको बताए ।
यता भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले पूर्व तयारीमा कमजोरी भएको स्वीकार गरे । ठूलो बर्सात भएका कारण ठूलो क्षति हुन पुगेको बताए । उनले भने– ‘५५ वर्षको रेकर्ड तोड्ने पानी परेको छ । कोशी बेसिनमा ठूलो पानी पर्यो । साउन र भदौमा भिजेको ठाउँमा अहिलेको बर्षातले ट्रिगर गर्दा झन ठूलो क्षति हुन पुग्यो । जथाभावी बाटो खनियो । शाखा सडकको दोष मूल सडकले पायो । क्रसर उद्योगहरू अव्यवस्थित भयो त्यसलाई सुधार्न राष्ट्रिय नीति मार्फत सम्बोधन गर्न आवश्यक छ ।’
उनले काठमाडौँ उपत्यका जोड्ने चित्लाङ सडक खुल्ने क्रममा रहेको कान्ति र सिस्नेरी पर्सी दिउँसोबाट खुल्ने बताए । सडक मर्मतका लागि सडक बोर्डबाट एक–एक करोड र ५० लाख आवश्यकता अनुसार विभिन्न ठाउँमा सडक सफाईका लागि पठाइएको सचिव शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागमती प्रदेशमा धान उत्पादन घट्यो
-
इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार
-
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
-
रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने
-
मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने