‘पडकास्टिङ सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजनिक
काठमाडौँ । सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ। एकेडेमीमा आयोजित कार्यक्रममा जर्मन दूतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल र लेखिका हेगडर्नले पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तक जर्मनीस्थित इन्टरलिंक एकेडेमीको सहकार्यमा सिएमआर नेपाल जर्नलिजम एकेडेमीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको हो । कार्यक्रममा नियोग उपप्रमुख साइडेलले लोकतन्त्रको विकासका लागि पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको र त्यसका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि जरुरी रहेको बताए ।
उनले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि जर्नलिजम एकेडेमीले खेलेको भूमिकाको पनि सराहना गरे । साइडेलले अहिले मिथ्या सूचना फैलिरहेको अवस्थामा पत्रकारिता र पत्रकारको महत्त्व झनै बढेको उल्लेख गर्दै प्रविधिले ल्याएको चुनौतीको सामना गर्न पत्रकारितासम्बन्धी तालिमहरू महत्त्वपूर्ण हुनेमा जोड दिए ।
लेखिका हेगडर्नले पकडकास्टिङको महत्वको विषयमा प्रकाश पारेकी थिइन् । पडकास्टिङ उत्पादनका लागि के कस्ता प्रविधिको प्रयोग गर्ने र त्यसलाई विश्वसनीय एवं सहानुभूतियुक्त बनाउन के गर्ने र यसको बजारीकरणका लागि के कस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा उनले जोड दिएकी थिइन् । त्यसका साथै पडकास्टिङबाट के कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा पनि हेगडर्नले उल्लेख गरेकी थिइन् ।
कार्यक्रममा सिएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले सिएमआर नेपालले मिडिया अनुसन्धान, मिडिया नीति समीक्षा एवं सरोकारवालाहरूसँग छलफल गर्दै आएकोमा पछिल्लो समय मिथ्या सूचनाविरुद्ध अभियान सञ्चालन र मूलधारको मिडिया र पत्रकारलाई सहयोग एवं क्षमता अभिबृद्धिको कार्यक्रमलाई जोड दिएको बताए ।
नेपाल फ्याक्टचेक सुरु गरेर मिथ्या सूचनाको तथ्य जाँच गर्ने काम गरेको र एकेडेमीमार्फत पत्रकारहरूलाई डेटा ड्रिभन जर्नालिज्म, मोबाइल जर्नालिज्म, पडकास्टिङ, डिजिटल सुरक्षा र तथ्य जाँचलगायतका तालिम दिने कार्य गरेको बताए ।
एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले जर्मनीको इन्टरलिंक एकेडेमीसँगको सहकार्यमा पत्रकारितासम्बन्धी उच्च गुणस्तरको तालिम दिइरहेको र एकेडेमीले अहिलेसम्म १४६ पत्रकारहरूलाई तालिम दिइसकेको उल्लेख गरे ।
एकेडेमीबाट प्रकाशित पडकास्टिङ पुस्तकको नेपाली अनुवाद एकेडेमीका पडकास्टिङ प्रशिक्षक श्रीराम पौडेल र रविराज बरालले गरेका हुन् भने सम्पादन आचार्यले गरेका हुन् । कार्यक्रममा साइडेलले एकेडेमीमा पत्रकारका लागि डिजिटल सुरक्षा कोर्सका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ महिने ‘जरा केन्द्रित’ कार्यक्रमको खाका बनाउँदै एमाले
-
तराईका अधिकांश विमानस्थलको उडान अवरुद्ध
-
खेतीपाती छाडेपछि रैथाने बाली कहाँबाट हुनु र ?
-
माओवादी केन्द्रीय समिति बैठकको तयारी पुरा, करिब २५ लाख खर्च हुने अनुमान
-
७ महिनामा ११ वटा देशको भ्रमण गरिसकेका मोदी निम्तो पाएर पनि किन आएनन् नेपाल ?
-
पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते