शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा गुरागाईं नियुक्त

शुक्रबार, १८ असोज २०८१, १७ : १८
शुक्रबार, १८ असोज २०८१

रौतहट ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा भिमसागर गुरागाई नियुक्त भएका छन् । शुक्रबार प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवालीको सिफारिसमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गुरागाईंलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

उनलाई स्वास्थ्य मन्त्री किरण थापाको सहमति गराएको छ । जनस्वास्थ्य कार्यालय रसुवाको प्रमुख रहेर काम गर्दै आएका थिए । जनस्वास्थ्य अधिकृत स्तर सातौं तहका गुरागाईं हालै जनस्वास्थ्य कार्यालय मकवानपुरमा सरुवा भइ आएका थिए । प्रतिष्ठानको रजिष्ट्रार बन्न उनी जनस्वास्थ्य कार्यालय मकवानपुरबाट तलब भत्ता नबुझ्ने गरी काजमा रजिष्ट्रारको जिम्मेवारी लिएका हुन् । उनको जिम्मेवारी अवधि ४ वर्षको हुनेछ ।

त्यस्तै प्रतिष्ठानको संयोजकमा चिरञ्जीवी चुडाल नियुक्त भएका छन् । उनी दोस्रो कार्यकालका लागि संयोजक पदमा नियुक्त भएका हुन् । यसअघि पनि २०७७ मा उनी प्रतिष्ठानको संयोजकमा नियुक्त भएका थिए । उनी ४ वर्षे कार्यकाल सकेर गत भदौ १४ मा बिदा भएका थिए । भिसी डा. ज्ञवालीले रजिस्ट्रार गुरागाई र संयोजक चुडाललाई शुक्रबार नै सपथ गराएका छन् ।

यसअघि प्रतिष्ठानका उपकुलपति प्रा.डा.प्रदीप ज्ञवालीले शुक्रबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबाट सपथ ग्रहण गरेका थिए । सपथग्रहण समारोहलगत्तै उपकुलपति प्रा.डा. ज्ञवालीले पदभार ग्रहण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप