मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा गुरागाईं नियुक्त
रौतहट । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा भिमसागर गुरागाई नियुक्त भएका छन् । शुक्रबार प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवालीको सिफारिसमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गुरागाईंलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।
उनलाई स्वास्थ्य मन्त्री किरण थापाको सहमति गराएको छ । जनस्वास्थ्य कार्यालय रसुवाको प्रमुख रहेर काम गर्दै आएका थिए । जनस्वास्थ्य अधिकृत स्तर सातौं तहका गुरागाईं हालै जनस्वास्थ्य कार्यालय मकवानपुरमा सरुवा भइ आएका थिए । प्रतिष्ठानको रजिष्ट्रार बन्न उनी जनस्वास्थ्य कार्यालय मकवानपुरबाट तलब भत्ता नबुझ्ने गरी काजमा रजिष्ट्रारको जिम्मेवारी लिएका हुन् । उनको जिम्मेवारी अवधि ४ वर्षको हुनेछ ।
त्यस्तै प्रतिष्ठानको संयोजकमा चिरञ्जीवी चुडाल नियुक्त भएका छन् । उनी दोस्रो कार्यकालका लागि संयोजक पदमा नियुक्त भएका हुन् । यसअघि पनि २०७७ मा उनी प्रतिष्ठानको संयोजकमा नियुक्त भएका थिए । उनी ४ वर्षे कार्यकाल सकेर गत भदौ १४ मा बिदा भएका थिए । भिसी डा. ज्ञवालीले रजिस्ट्रार गुरागाई र संयोजक चुडाललाई शुक्रबार नै सपथ गराएका छन् ।
यसअघि प्रतिष्ठानका उपकुलपति प्रा.डा.प्रदीप ज्ञवालीले शुक्रबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबाट सपथ ग्रहण गरेका थिए । सपथग्रहण समारोहलगत्तै उपकुलपति प्रा.डा. ज्ञवालीले पदभार ग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाल तथा गेडागुडीको अग्रिम कर घट्यो, बजार मूल्य घट्नेमा अन्योल
-
प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
-
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा