दशौँ राष्ट्रिय खेलकुदबारे मुख्यमन्त्रीको प्रष्टीकरण : सदस्यसचिव हटाउने सोच छैन
![दशौँ राष्ट्रिय खेलकुदबारे मुख्यमन्त्रीको प्रष्टीकरण : सदस्यसचिव हटाउने सोच छैन](https://npcdn.ratopati.com/media/news/yamlal_c0lryEqEEe.png)
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मङ्सिरमा कर्णालीमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विषयमा प्रष्टीकरण दिएका छन् ।
मुख्यमन्त्रीले प्रदेशका तर्फबाट गर्नुपर्ने दायित्व पुरा नरेको भन्दै आलोचना खेपिरहेका कँडेलले केन्द्रकै कारण अलमल भइरहेको बताए ।
शुक्रवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘प्रदेशको सदस्य सचिव हटाउने कुरामा कुनै सोच नै छैन । तर विषयहरू बाहिर आएका छन् । त्यस्तो होइन । आयोजक केन्द्र सरकार हो, केन्द्र नै तत्पर नभएपछि हामीले गरेर मात्रै हुँदैन ।’
केन्द्र सरकारले नयाँ मिति घोषणा नगर्दासम्म प्रदेशले प्रतियोगिताको लागि हतार नगर्ने उनको भनाइ छ ।
आफूले हिजो प्रचण्ड नेतृत्वको सरकारको खेलकुद मन्त्रीदेखि अहिलेका खेलकुद मन्त्रीसँग समेत आफूले कुरा गरेको बताउँदै उनले भने, ‘उहाँहरू आफैमा अलमल हुनुहुन्छ ।’
प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने आन्तरिक तयारी कर्णालीले गरिरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने
-
बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
-
च्याम्पियन्स ट्रफीअघि युवा अलराउन्डर बेथेल घाइते भएपछि इङ्ल्यान्ड दवावमा
-
आईपीओ निष्काशन गर्दै अर्बिट इनर्जी
-
‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’
-
एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्षमा नेपाली निर्वाचित