शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिमका दुई विद्यालयलाई १४ लाख १६ हजार हस्तान्तरण

शुक्रबार, १८ असोज २०८१, १६ : २९
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको तत्कालीन प्रवास समन्वय समितिले सङ्कलन गरेको  १४ लाख १६ हजार रुपैयाँ भूकम्पबाट प्रभावित रुकुम पश्चिमका दुई विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

शुक्रबार माओवादी केन्द्रको एसिया संगठन समितिका सहइन्चार्ज तथा तत्कालीन प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले  पार्टी उपमहासचिव तथा सो क्षेत्रका संघीय सांसद जनार्दन शर्मामार्फत उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् । 

गत वर्षको कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट  निकै ठुलो क्षति बेहोर्नु परेको थियो । उक्त क्षतिलाई मध्यनजर गर्दै तत्कालीन प्रवास समन्वय समितिले विश्वभरका पार्टी शुभेच्छुकबिचमा सहयोगको आह्वान गरेर रकम सङ्कलन गरेको थियो  ।   तत्कालीन प्रवास समन्वय समितिका  सचिव टिबी पाठकले शुक्रबार शर्मामार्फत हस्तान्तरण गरिएको उक्त सहयोग शीतल माध्यमिक विद्यालय (सानीभेरी गाउँपालिका) र जनकल्याण माध्यमिक विद्यालय (आठबिसकोट नगरपालिका)को अक्षयकोषमा राखिने भएको बताए । 

यसअघि समितिले नै उठाएको ७ लाख ८ हजार रुपैयाँ जाजरकोटको नलगाडस्थित श्री जनआदर्श प्राथमिक विद्यालयका लागि हस्तान्तरण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप