सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

वीरगन्ज । मधेस प्रदेश सरकारले सिमलताल बस दुर्घटनाका मृतक परिवारलाई जनही एक/एक लाख रुपैयाँ उपलब्ध गराएको छ । करिब तीन महिना पछि प्रदेश सरकारले सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक/एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हो ।
प्रदेशका चार जिल्लाका ३९ जना मृतक परिवारलाई जनही एक/एक लाख रुपैयाँको चेक शुक्रवार हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिएका छन् । सिमलताल बस दुर्घटनामा मधेस प्रदेशबाट धेरै जनाले ज्यान गुमाएका थिए । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सनाखत गरेर पठाएका परिवारलाई मात्र प्रदेश सरकारले अहिले चेक हस्तान्तरण गरेको मुख्यमन्त्री सिंहले बताए ।
उनले भने– ‘जिल्ला प्रशासन कार्यालयहरूले सबैको छानबिन गरेर हामीलाई सूची पठाएको थियो, त्यो सूची अनुसार आज हामीले चेक बनाएर प्रदेशका चारवटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाइसकेका छौँ । त्यो चेक अब जिल्ला प्रशासन कार्यालयहरूले वितरण गर्नेछन्, पठाएको सूची अनुसार ।’
गत २८ असारमा नारायणगढ–मुग्लिङ सडकस्थित सिमलतालमा दुईवटा बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी मधेसका पर्सा, बारा, रौतहट र सर्लाहीका गरी ३९ ले ज्यान गुमाएका थिए । मधेस सरकारका अनुसार पर्साबाट १०, बाराबाट ६, रौटहटबाट १९ र सर्लाहीबाट ४ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म