मधेस सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिने

वीरगन्ज । मधेस प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रीसहित प्रदेश सरकारमा सहभागी सत्तारुढ दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिए । बाढी पहिरोबाट देशका अधिकांश ठाउँमा क्षति पुगेकाले केन्द्र सरकारलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए ।
यस्तै बैठकले प्रदेश सरकारको विभिन्न निकायमा नियुक्त भएका कर्मचारीहरूको कामबारे अध्ययन गर्न समिति गठन गरेको छ । कर्मचारीहरूको कामबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्न ४ सदस्यीय समिति गठन गरेको हो ।
प्रदेश सांसद उपेन्द्र महतोको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । समितिको सदस्यमा मन्त्रीद्वय प्रमोद जैसवाल र शेष नारायण यादव तथा प्रदेश सांसद संजयकुमार यादव रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज बालसुधार गृहमा तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित
-
तीनकुने घटनाको निष्पक्ष आयोग बनाएर छानबिन नगरे अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी
-
नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
-
भूपेन्द्र, ऋषिराज र सरलको बिदाई, सेन्सर बोर्डमा तीन सदस्य रिक्त
-
आगामी वर्ष घाटा बजेट ल्याउँदैनौँ, आकार पनि घट्दैन– मुख्यमन्त्री आचार्य
-
‘मुख कुल्ला’ र ‘प्रतिगमन’ बिर्सेर नजिकिँदै ओली–नेपाल