बढ्यो दसैँको चहलपहल, विभिन्न नाका हुँदै भारतबाट फर्कनेको ओइरो

धनगढी । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दसैँको आगमनसँगै भारतसँगको सीमा नाकामा नेपालीहरूको चहलपहल बढेको छ । कामको सिलसिलामा भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ मनाउन धमाधम घर फर्किन थालेका हुन् ।
धान रोपाइँ सकेर कैलालीको कैलारी गाउँपालिका–२ का बिन्दुराम चौधरी भारतको हिमाञ्चल प्रदेशको सिमला पुगेका थिए । तीन महिना स्याउ टिप्ने काम गरेर केही रकम आर्जन गरेका उनी दसैँ मनाउन घर फर्केका छन् ।
बेरोजगारीका कारण भारत पसेका उनी घरको गर्जो टार्न केही कमाइ गरेर फर्किएको सुनाउँछन् । उनले भने, ‘छोराछोरीको भविष्य तथा घरको जीविकोपार्जनका लागि बाहिर जानैपर्ने बाध्यता छ ।’
नेपालमै रोजगारी पाइने भए घर छाडेर अर्काको देश जानु पर्ने अवस्था नआउने उनको भनाइ छ । ‘अलिअलि कमाइ गरेपछि दसैँ त घरपरिवारसँगै मनाउनुपर्छ भनेर आइयो,’ उनले भने ।
भारतको सिमलामै रहेका कैलारी गाउँपालिका–६, बेनौलीका विजय चौधरी पनि घर फर्किने तयारीमा रहेको उनकी श्रीमती संगीता चौधरी बताउँछिन् ।
विन्दुराम र विजयमात्रै होइन, दसैँको आगमनसँगै कामको सिलसिलामा घरभन्दा बाहिर गएका नेपाली कोही घर फर्किसकेका छन् भने कोही फर्किने तयारीमा छन् ।
सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, खक्रौला सीमा नाका भएर दैनिक हजारौँ नेपाली भारतका विभिन्न सहरबाट फर्किने गरेका छन् ।
घर फर्किएका नेपालीले भारतीय सीमामा सास्ती खेप्ने गरेको गुनासो गरेका छन् । सामान लिएर आउँदा जाँचका नाममा यता र उता फालिदिने गरेको कञ्चनपुरका राकेश नेपाली बताउँछन् । सीमा नाकामा गरिने व्यवहारले खिन्न हुनुपरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म