शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

हैटीमा ग्याङ्ग हमला, कम्तिमा २० जनाको मृत्यु

शुक्रबार, १८ असोज २०८१, १४ : ५६
शुक्रबार, १८ असोज २०८१

पोर्ट–एउ– प्रिन्स । हैटीमा ग्याङ्ग हमलामा कम्तिमा २० जनाको मृत्यु भएको छ । यस घटनामा बालबालिका पनि परेको बताइएको छ । ग्रान ग्रिफ ग्याङ्गका सदस्यहरूले राजधानी पोेर्ट–एउ– प्रिन्सबाट उत्तर–पश्चिममा करिब ७१ किमि पर पर्ने मध्य आर्टिबोनाइट क्षेत्रको पोर्ट–सोन्डेमा जथाभावी आक्रमण गर्दा अरु ५० जना घाइते भएको बताइएको छ ।

भिडियो फुटेजमा मोटरबाइक सवार र पैदलै आएकाहरूको हिंसाबाट बच्न मानिसहरू भागाभाग गरिरहकेो देखाएको छ । यस आक्रमणलाई सरकारले नरसंहार भनेको छ । सशस्त्र समूहले हैटीको कयौं हिस्सा आफ्नो कब्जामा लिएका छन् । अहिलेसम्म यस घटनामा मर्नेको यकिन संख्या प्रकाशमा आएको छैन । तर स्थानीय सञ्चार माध्यमहरूले भने ५० जनाभन्दा धेरैको मृत्यु भएको बताइरहेका छन् ।

हैटीको मानवअधिकार समूहले भने यो संख्या २० वा सो भन्दा धेरै हुनसक्ने बताएको छ । ग्रान ग्रिफ हैटीको सबैभन्दा हिंस्रक अपराधिक समूहमध्ये एकमा पर्दछ । सन् २०२३ को जनवरीमा यसका सदस्यहरूले पोर्ट–सोन्डमा एउटा प्रहरी थानामा आक्रमण गरेर ६ जना प्रहरीको हत्या गरेका थिए ।

यो समूहमाथि हत्या, बालात्कार, लुटपाट र अपहरण आदिको आरोप लाग्दै आएको छ । अमेरिकाले यो समूहका संस्थापक र अहिलेका नेता दुवैलाई प्रतिबन्ध लगाएको छ । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप