भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्सपो’ सुरु (तस्बिरहरू)
![भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्सपो’ सुरु (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/cover-himalayan-expo_MFmemCKb34.jpg)
काठमाडौँ । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्स्पाे’ सुरु भएको छ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले एक्सपो आयोजना गरिएको आयोजकहरूले जनाएका छन् ।
यही असोज १९ गतेसम्म चल्ने एक्सपोमा नेपाली हस्तकलाका उत्पादनहरूलाई विशेष ग्राह्यता दिइएको छ । साना तथा घरेलु उद्योगमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनाइएका उत्पादन झोला, कपडा, जुत्ता, मह लगायतका खाद्य सामाग्री पनि विक्रीमा राखिएको छ ।
यस्तै, पस्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा,गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरू,पेपर प्याकेजहरू, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा समावेश भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक
-
७५३ वटै पालिकामा डीडीसीका उत्पादन बिक्रीको व्यवस्था मिलाउन माग
-
आज भीमा एकादशी व्रत, भगवान् विष्णुको पूजा गरी मनाइँदै