शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

सिस्नेरी एकेडेमीका मृतक खेलाडीका परिवारलाई राहत वितरण

शुक्रबार, १८ असोज २०८१, १३ : ३५
शुक्रबार, १८ असोज २०८१

हेटौँडा ।  गत शनिवार मकपानपुरको इन्द्रसरोवरस्थित टेकरमा खसेको पहिरोमा परी ज्यान गुमाएका मकवानपुरका दुईजना खेलाडीको परिवारलाई राहत वितरण गरिएको छ । नेपाल सरकारका तर्फबाट मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थपान समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवालले मृतकको घरमै पुगेर राहत उपलब्ध गराएका छन् । 

प्रजिअ चिलुवालले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का अनुपम घलान र मकवानपुर गढी गाउँपालिका वडानम्बर ४ का साइमन योञ्जनका परिवारलाई रहात रकम हस्तान्तरण गरेका हुन् । उनले मृतक अनुपमका बाबु ललित घलान र साइमनका बुबा हेमबहादुर योञ्जनलाई २÷२ लाख रुपैयाँको चेक प्रदान गरेका छन् । 

यस्तै उक्त पहिरोमा परी ज्यान गुमाएका सिस्नेरीका दिवस बानियाँको परिवारलाई आजै शुक्रबार सिस्नेरीस्थित घरमा पुगेर राहत रकम हस्तान्तरण गर्ने प्रजिअ चिलुवालले जानकारी दिए । गत ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ टेकरमा आएको पहिरोमा परी मकवानपुका ३ सहित ६ जना खेलाडीको मृत्यु भएको थियो ।

मृत्यु हुने अन्य खेलाडीमा बाराको निजगढका बिकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाखी र काठमाडौँका प्रियान्स आचार्य रहेका छन् ।  उनीहरु एन्फा एकेडेमीले मकवानपुरको इन्द्रसरोवर ३ मा रहेको वत्सला माविमा सञ्चालनन गरेको एकेडेमीमा अध्य्यनसँगै फुटबल प्रशिणमा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप