गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि विराटनगर आईसीपी क्षेत्रमा तनाव
विराटनगर । मालबाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि विराटनगर – १८ आइसीपी रोडमा तनाव सिर्जना भएको छ । सवारी चलाउने चालकलाई कारवाही र परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै मृतकका आफन्तले आन्दोलन सुरु गरेका हुन् ।
उनीहरुले सवारी साधन आवतजावतमा अवरोध गरेका छन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेका छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रु ग्यास प्रहार गरेको मोरङ प्रहरीका डीएसपी बेद जोशीले बताए ।
आन्दोलनको भिड आइसिपी क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको उनले बताए । बिहीबार बेलुका ६ः४५ बजे आइसीपी जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेका साइकलयात्री विराटनगर १८ लवाघाटका ६० वर्षीय श्याम साहलाई ठक्कर दिएर घाईते बनाएको थियो ।
घाइते उनलाई उपचारको लागि बिराट नर्सिङ होम पठाइए पनि चिकित्सकले चेक जाँच गर्ने क्रममा बेलुका साढे सातमा उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका ५ का ३० वर्षीय दिपक यादवलाई नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाको रोजगारी कहिले खुल्छ ?
-
भलिबल खेलाडी कोलम्बोमा, लगेज काठमाडौँ विमानस्थलमै !
-
बाढी प्रभावित स्थानीय तहलाई काठमाडौँ महानगरले २०/२० लाख रुपैयाँ अनुदान दिने
-
दशौँ राष्ट्रिय खेलकुदबारे मुख्यमन्त्रीको प्रष्टीकरण : सदस्यसचिव हटाउने सोच छैन
-
भैरहवामा कुकुरको बन्ध्याकरण गर्न सुरु
-
उपभोक्ताको गुनासो : ‘महँगो दसैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’