शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

पहिलो पटक आकर्टिक महासागरमा छिरेको चिनियाँ कोष्ट गार्डको दाबी

शुक्रबार, १८ असोज २०८१, १२ : ४४
शुक्रबार, १८ असोज २०८१

बेइजिङ । चीनको कोष्ट गार्डले आफूहरू पहिलो पटक आकर्टिक महासागरमा छिरेको दाबी गरेको छ । रुससँगको संयुक्त गस्तीको हिस्सा अन्तर्गत चीन आकर्टिक महासागर छिरेको बताइएको छ । 

चीनले लामो समयदेखि यस क्षेत्रमा आफ्नो उपस्थित बढाउन खोजिरहेको थियो । बेरिङ सागरमा रुस र चिनियाँ कोष्ट गार्डका चार जहाज देखेको भनेर अमेरिकी कोष्ट गार्डले बताएको एक दिनपछि यो खबर आएको हो । 

चाइना कोष्ट गार्डले आफूहरू ठ्याक्कै कहाँ पुगेको हो भनेर चाँहि विज्ञप्तिमा केही पनि बताएको छैन । रुस सरकारले पनि यस गस्तीबारे औपचारिक रुपमा केही पनि बताएको छैन । चीनको सरकारी टिभी च्यानल सीसीटीभीले भने गस्ती केही दिन अघि भएको बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप