आइफा अवार्डमा शाहरुखले आमिरको गिल्ला गरेपछि...
नयाँ दिल्ली । हालै अबुधाबीमा २४ औं आइफा २०२४ अवार्डको आयोजना गरिएको थियो । यस कार्यक्रमको उद्घोषण शाहरुख खानले गरेका थिए । कार्यक्रममा उनका सह–उद्घोषक विक्की कौशल थिए । उद्घोषणकै क्रममा विक्की कौशलले शाहरुखलाई कयौं फिल्म जस्तै ‘लालसिंह चड्ढा’ पनि पहिला उनलाई अफर गरिएको भए उनले त्यो फिल्ममा काम गर्थे भनेर सोध्छन् ।
यसको जवाफमा शाहरुखले भने, ‘के म ? आमिरले त यो फिल्म गर्नुहुँदैन थियो’ भन्छन् । उनको यो जवाफ सुनेर कार्यक्रममा उपस्थित सबैजना अकमक्क पर्छन् । केही पछि भने शाहरुखले आफूले ठट्टा मात्रै गरेको भन्दै आमिरलाई ‘लभ यू’ भन्छन् ।
यसपछि विक्कीले शाहरुखलाई ‘पुष्पाः द राइज’ अफर भएको भए के गर्नुहुन्थ्यो ? भनेर सोध्छन् । यसको जवाफमा शाहरुखले भने, ‘हे भगवान्, तिमीले त यस्तो कुरा भन्यौ जसले अझै पनि मलाई दुखाई रहेछ । मलाई साँच्चै ‘पुष्पा’ गर्न मन थियो तर अल्लु अर्जुन सरको स्वैग म म्याच गर्न सक्दिन थे ।’
‘फरेस्ट गम्प’को रिमेक थियो ‘लाल सिंह चड्डा’
सन् २०२२ मा रिलिज भएको आमिर खान र करीना कपूर स्टारर फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा नराम्ररी असफल भएको थियो । यो फिल्म अद्वैत चन्दनले निर्देशन गरेका हुन् । यो हलिउड फिल्म ‘फरेस्ट गम्प’ को आधिकारिक रिमेक थियो ।
फिल्म ‘पुष्पा’ का लागि साउथ सुपरस्टार अल्लु अर्जुनले उत्कृष्ट अभिनेताको नेशनल अवार्ड जितेका थिए । हाल उनी चलचित्र ‘पुष्पा २’ को सिक्वेलमा काम गरिरहेका छन् । यसमा फहद फासिल र रश्मिका मन्डन्नालगायत कलाकार मुख्य भूमिकामा देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको
-
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ
-
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन