अमेरिकामा हेलेन आँधीका कारण दुई सयभन्दा बढीको मृत्यु

वासिङ्टन । अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको तीव्र खोजी गरिरहेका छन् ।
हेलेनको कारण भएको कूल मध्ये आधाभन्दा बढीको मृत्यु नर्थ क्यारोलिनामा भएको छ । सन् २००५ मा क्याट्रिना आँधीपछि हेलेन यहाँ सबैभन्दा घातक आँधी साबित भएको छ । सन् २००५ मा सो आँधीका कारण यहाँ १८ सयभन्दा बढीको मृत्यु भएको थियो ।
हेलेन आँधीले पहिरो खसाएको झण्डै एक सातापछि पनि सयौं मानिस अझै पनि यस क्षेत्रमा बेपत्ता छन् र करिब ८ लाख घरहरू अझै पनि बिजुलीविहीन छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका थिए ।
पछि जर्जियाको रे शहरमा उनले आँधी प्रभावितहरूसँग कुराकानी गरेका थिए । ‘म तपाईंहरूलाई देखिरहेको छु, मैले तपाईंहरूलाई सुनिरहेको छु, तपाईंहरूसँगै म पनि दुखी छु र वचन दिन्छु कि हामीहरू तपाईसँगै रहनेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचक लगातार चार दिन गिरावट, आज ३२.३८ अङ्कले घट्यो
-
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री भन्छन्, ‘मधेसमा योजना किन्ने र बेच्ने चलन धेरै छ’
-
नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने
-
‘भूठान’ को प्रिमिएरमा नेता र कलाकारले के भने ?
-
दुई जनालाई सरकारी वकिलको उन्मुक्ति, पीडित परिवार भन्छन्– ‘न्याय पाएनौँ’
-
प्रभु साहको प्रश्नः नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?