बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

‘एक्टरः टेक वन’ र ‘कमेडी दरबार’ले देशभर कार्यक्रम गर्ने

शुक्रबार, १८ असोज २०८१, १२ : ०५
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुन लागेको फिल्म ‘एक्टरः टेक वन’ले कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर गर्ने भएको छ । टुर काठमाडौँ र उपत्यका बाहिरका ६ सहर इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र पोखरामा हुनेछ । 

कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुने टुरमा  सुनसरीको इटहरीबाट सुरु भई, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, दाङको तुलसीपुर, र कास्कीको पोखरामा पुगेर सम्पन्न हुनेछ ।

फिल्मका निर्माता थमन कुमार भण्डारीले कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई पनि स्थान दिने जानकारी दिएका छन् । लिभेन्ट्स स्टुडियोजले व्यवस्थापन गर्ने यो कार्यक्रम खुला र निःशुल्क हुनेछ।

कार्यक्रममा ‘एक्टरः टेक वन’का तर्फबाट प्रदीप खड्का, अन्ना शर्मा, दिव्या रायमाझी र ‘कमेडी दरबार’का तर्फबाट सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्र शाकी (मिस पबी), सिडी विजय अधिकारी, नम्रता सापकोटा, बिक्की अग्रवाल लगायतको सहभागिता हुनेछन् ।

फिल्ममा भने प्रदीप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय छ । 

फिल्मको निर्देशन राजन भुसालले गरेका हुन् । ‘अदृत फिल्म्स’ र ‘मोती फिल्म्स’को संयुक्त प्रस्तुति रहेको यो फिल्मका सह–निर्माता अनिश भुसाल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप