एन्फा महिला लिग फुटबल : अपराजित यात्रा कायम राख्ने धुनमा पुलिस
काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल शुक्रबार खेलिँदै छ । पहिलो चरणको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले संकटा क्लबको सामना गर्दैछ ।
उक्त खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो १३ः ०० बजे सुरु हुनेछ । यद्दपि, जारी एन्फा महिला लिगको ‘सुपर लिग’ चरणमा पुग्ने पाँचवटै टोलीको टुंगो यसअघि नै लागिसकेको छ । त्यसैले शुक्रबारको खेलले ‘सुपर लिग’ समीकरणमा भने कुनै असर पार्ने छैन । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नौ खेलबाट २५ अंक बटुल्दै तालिकाको पहिलो स्थानमा छ । एपीएफ क्लबले आठ जित र एक बराबरीको नतिजा निकालेको छ ।
यसैगरी, अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब नौ खेलबाट २२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आर्मी क्लबले सात जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ । आठ खेलबाट १८ अंक जोडेको नेपाल पुलिस क्लब तेस्रो स्थानमा आसिन छ ।
पुलिस क्लबले हालसम्म पाँच जित र तीन बराबरीको नतिजा निकालेको छ । त्यसैले शुक्रबार खेलिने खेलमा पुलिस क्लब आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने प्रयासमा रहने छ । तालिकाको चौथो स्थानमा आसिन वालिङ नगरपालिकाले नौ खेलबाट १५ अंक जोडेको छ ।
यसैगरी, नौ खेलबाट १४ अंक जोडेको कोशी प्रदेश तालिकाको पाँचौँ स्थानमा छ । पहिलोदेखि पाँचौँ स्थानमा रहेका टोली प्रतियोगिताको ‘सुपर लिग’ चरणमा प्रवेश गरेका हुन् । नौ खेलबाट १० अंक जोडेको बागमती युथ क्लब छैटौँ स्थानमा छ । आठ खेलबाट आठ अंक बटुलेको संकटा क्लब सातौँ स्थानमा आसिन छ । शुक्रबारको खेलमा पुलिस क्लबलाई हराउन सके संकटा क्लब तालिकाको छैटौँ स्थानमा उक्लने छ । खेल बराबरीमा सकिए वा पराजित भएमा संकटा क्लब सातौँ स्थानमै रहने छ ।
यसैगरी, चन्द्रपुर नगरपालिका नौ खेलबाट आठ अंक जोड्दै आठौँ, नौ खेलबाट चार अंक जोड्दै कर्णाली प्रदेश नवौँ र आफूले खेलेको नौवटै खेलमा पराजित भएको सुदूरपश्चिम प्रदेश तालिकाको १०औँ स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा जथाभाबी लेख्न राप्रपाको अङ्कुश, केन्द्रीय समिति बैठक आह्वान
-
राप्रपा बैठकको १० बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)
-
उपनिर्वाचनमा लज्जास्पद पराजय भोग्नुको कारण खोज्न राप्रपाले बनायो समिति
-
भियतनामी क्रान्ति : साम्राज्यवादका विरुद्ध जनताले लडेको गौरवशाली युद्ध
-
ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
-
अनमोलप्रीतले तोडे युसुफ पठानको कीर्तिमान