धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता रोकियो

काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज तय गरिएको अन्तर्वार्ता रोकिएको छ । छनोट सूचीमा परेका बाँकी तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो । नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको थियो ।
अर्थ मन्त्रालयले विशेष कारणवश रोक्नुपरेको जानकारी दिएको छ । स्रोतका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारी डेंगुका कारण अस्पताल भर्ना भएकाले अन्तर्वार्ता रोकिएको हो । अधिकारी अध्यक्ष छनोटका लागि गठित समितिका संयोजक हुन् ।
यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।
त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न अन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । २०८० पुस २० पछि धितोपत्र बोर्ड अध्यक्षविहीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनामापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने