साउदी अरबमा हजार मिटर अग्लो भवनको निर्माण कार्य सुचारु

जेद्दाह । साउदी अरबले हजार मिटर अग्लो जेद्दाह टावरको निर्माण कार्य सूचारु भएको छ । निर्माण पूरा भएपछि यो विश्वको सबैभन्दा अग्लो भवन हुनेछ । सात वर्षसम्मको गतिरोध पछि भवनको निर्माण कार्य सुचारु भएको हो । साउदीमा भ्रष्टाचार विरोधी तीव्र कारबाहीका बीचमा भवनको निर्माण कार्य अल्मलिएको थियो ।
बुधबार निर्माण स्थलमा आयोजित एक समारोहमा भवन बनाउन लागेकोे कन्सोर्टियम कम्पनी जेद्दाह इकोनोमिक कम्पनी (जेईसी)ले भवन सन् २०२८ भित्रमा निर्माण सम्पन्न हुने बताएको थियो । हजार मिटर (३ हजार २८० फुट) अग्लो यो भवनको निर्माण सन् २०१७ मा एक तिहाई पूरा भएको थियो । तर साउदी राजकुमार मोहमद बिन सलमानले चलाएको भ्रष्टाचार विरोधी आक्रामक अभियानका क्रममा यस परियोजनको मुख्य ठेकेदार र यसका लागि सह–लगानी गरिरहेको अर्को एउटा व्यापारिक घरानाका उच्च अधिकारीसमेत कयौं व्यक्ति समातिए ।
यसपछि पनि निर्माण कार्य चलिरहेको थियो । तर सन् २०१८ मा भने काम ठप्प भयो । यस वर्षको जनवरीमा जेईसीले निर्माण कार्य अगाडि बढ्ने तर निर्माण सुरु हुन एक वर्ष जति लाग्ने बताएको थियो । कोभिडका कारण पनि निर्माण सुचारु गर्ने योजनामा ढिलाई भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा