शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

धावनमार्गमै विमानमा आगो लागेपछि‍‍‍...

शुक्रबार, १८ असोज २०८१, १० : २९
शुक्रबार, १८ असोज २०८१

रोम । बिहीबार इटलीको एउटा विमानस्थलमा धावनमार्गमा उड्नै लागेको बोइङको विमानमा आगो लागेको छ । घटना दक्षिणी इटलीको ब्रिन्दसी विमानस्थलको हो । घटनाको समयमा र्यानएयरको उक्त यात्रुबाहक विमानमा १८० जनाभन्दा धेरै यात्रु थिए ।

बोइङको अर्को एउटा विमानमा अवतरणको समयमा मिलान बेर्गामो विमानस्थलमा टायर पड्किएको घटना भएको दुई दिनपछि यो घटना भएको हो । विमानमा आगो लाग्दा कयौँ घण्टासम्म विमानस्थल अस्थायी रूपमा बन्द भएको ब्रिन्दसी विमानस्थलका प्रवक्ताले पनि पुष्टि गरेका छन् । घटनाको समयमा विभानभित्र १८४ जना यात्रु रहेको र्यानएयरले भनेको छ ।

घटनापछि सबै यात्रुको सकुशल उद्धार गरिएको बताइएको छ । विमान इटलीको टुरिन सहरतिर जाँदै थियो । विमानको पाङ्ग्राबाट धुवाँ आइरहेको क्याबिन क्रुले देखेपछि विमानको उडानमा ढिलाइ गरिएको भन्दै कम्पनीले एउटा विज्ञप्तिमा भनेको छ । पछि सो विमानको सट्टा अर्कोमा हालेर यात्रुहरूलाई गन्तव्यमा पुर्‍याइएको थियो । घटनाको तीन घण्टापछि विमानस्थलमा उडान सुचारु गरिएको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप