बेल्जियन प्रतिद्वन्द्वीमाथि चेल्सीको सजिलो जित

काठमाडौँ । कन्फरेन्स लिग फुटबल प्रतियोगिताको लिग चरणमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले विजयी सुरुवात गरेको छ । चेल्सीले बिहीबार राति सम्पन्न खेलमा बेल्जियन क्लब जेन्टलाई ४–२ गोलले पराजित गर्यो ।
घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा चेल्सीले पहिलो हाफमै अग्रता लिएको थियो । खेल सुरु भएको १२औँ मिनेटमै चेल्सीका लागि रेनाटो भेइगाले गोल गरेका थिए । दुबै टोलीबाट बाँकी गोल भने खेलको दोस्रो हाफमा भएको थियो ।
निर्धारित समयको ४६औँ मिनेटमा पेड्रो नेटोले चेल्सीको अग्रता दोब्बर बनाएका थिए । ५०औँ मिनेटमा जेन्टका लागि सुयोशी वातानाबेले पहिलो गोल फर्काएका थिए । ६३औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले फेरि चेल्सीलाई ३–१ को अग्रता दिलाएका थिए ।
खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा निर्धारित समयको ७०औँ मिनेटमा चेल्सीका लागि किरनान डसबरी हलले चौथो गोल थपेका थिए । जेन्टका लागि दोस्रो गोल निर्धारित समयको खेल सकिनुभन्दा ठिकअघि ओम्री गन्डेलम्यानले गरेका थिए ।
जारी सिजनको लिगमा चेल्सीसँगै १४ क्लबले विजयी सुरुवात गरेका छन् । बेल्जियमको क्लब ब्रुग तीन अंकसहित तालिकाको पहिलो स्थानमा छ । चेल्सी तालिकाको छैटौँ स्थानमा आसिन छ । इटालियन क्लब फियोरेन्टिनाले पनि आफ्नो पहिलो खेल जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास
-
ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिका मृत फेला
-
नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यस्तो देखियो पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्र [तस्बिरहरु]
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]