शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

‘पूर्ण बहादुरको सारङ्गी’को ‘मैझारो’ गीतमा गन्धर्वको कथा

शुक्रबार, १८ असोज २०८१, ०८ : ४९
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैझारो’ सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत र स्वर प्रशान्त शिवाकोटीको छ । गीतले मुख्य पात्रहरूका जीवनकथा बोकेको छ । विशेष गरीसमुदायको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको छ ।

 भिडियोमा कलाकार विजय बराल (पूर्ण बहादुर), अञ्जना बराइली र बलाकलाकार स्वयम् केसीको अभिनय रहेको छ । सारङ्गीको धुनसँगै गीतमा प्रेम र पीडाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा पूर्णबहादुरले आफ्नो छोरालाई सारङ्गी बजाउन सिकाउँदै गरेको दृश्यले पारिवारिक विरासत र जातीय पेसालाई देखाउने प्रयास गरेको छ ।

फिल्ममा यसअघि दुई गीत ‘काँधेकुरी’ र ‘दाहिने हातैमा’ सार्वजनिक भैसकेका छन् । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदै छ । 

फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको पिःलम हो ।

सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप