शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
बाढी/पहिरो

आज पनि अवरुद्ध छन् यी सडक

शुक्रबार, १८ असोज २०८१, ०८ : २२
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । गत साता आएको बाढी पहिरोका कारण केही सडकहरू अझै सुचारु हुन सकेका छैन । ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज  पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।  

विभिन्न स्थानमा खसेको पहिरोको कारण वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।

यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप