बाढी/पहिरो
आज पनि अवरुद्ध छन् यी सडक
शुक्रबार, १८ असोज २०८१, ०८ : २२
काठमाडौँ । गत साता आएको बाढी पहिरोका कारण केही सडकहरू अझै सुचारु हुन सकेका छैन । ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।
विभिन्न स्थानमा खसेको पहिरोको कारण वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।
यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दसैँका बेला सुनको मूल्यले नयाँ रेकर्ड बनायो
-
एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र
-
इरान–इजरायल द्वन्द्वको कथा
-
साउदी अरबमा हजार मिटर अग्लो भवनको निर्माण कार्य सुचारु
-
लिग चरणको अन्तिम खेल आज, टोलीहरू ‘गर या मर’ को स्थितिमा
-
विश्वम्भरप्रसाद श्रेष्ठ ः न्यायिक मर्यादामा रहे तर जाँदाजाँदै बारसँग विवाद बल्झाए