शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

पूर्वराजा शाहले विजयादशमीका दिन निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने

शुक्रबार, १८ असोज २०८१, ०६ : ३२
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । 

संवाद सचिवालयले दिएको जानकारी अनुसार  पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले विजयदशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् । 

पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप