शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

मस्कोमा नेपाली कविलाई 'गोल्ड फेदर अफ रसिया' द्वारा सम्मान

शुक्रबार, १८ असोज २०८१, ०३ : २३
शुक्रबार, १८ असोज २०८१

मस्को । नेपालका कवि सन्तोषकुमार पोखरेल रुसमा ख्यातिप्राप्त 'गोल्ड फेदर अफ रसिया'सँगै म्याक्सिम गोर्की अवार्ड र १०० वर्षे सोभियत संघ पुरस्कारद्वारा सम्मानित भएका छन् । 

विश्व साहित्य र रुसी साहित्य तथा संस्कृतिमा अतुलनीय योगदान दिएको भन्दै सोभियत संघको अन्तर्राष्ट्रिय लेखक संघको ९०औँ वार्षिकोत्सवमा कवि पोखरेललाई म्याक्सिम गोर्की अवार्ड र १०० वर्षे सोभियत संघ पुरस्कार प्रदान गरिएको हो। 

अवार्ड समारोहमा उनको द्रुत रूसी कविता र वाचनको लागि उनलाई जोलोटो पेरो (रुसी गोल्ड फेदर अफ रसिया) अवार्ड २०२४ प्रदान गरिएको थियो। नेपालका कवि पोखरेल अहिले रुसको ‘सुनको प्वाँख’, ‘विश्वकवि’ र ‘विश्वका स्वर्ण लेखक’कारुपमा सम्मानित भएका हुन् । 

पोखरेललाई यी उपाधिहरू एन्टोन चेखभको ‘अटम’ र विश्वका १० देशहरूले दिएका हुन्। पोखरेल नेपालको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय बहुभाषिक कवि समेत हुन् । जसले बहुभाषिक र विश्व कवितामा योगदान दिएका छन् । 
दक्षिणपूर्व एशियाबाट यो क्षमताका पहिलो व्यक्ति भएर उनले विश्व शान्ति र साहित्यमा आफ्नो अतुलनीय योगदान पुर्‍याएको भन्दै नेपालीहरूले खुसी व्यक्त गरेका छन् । 

उनलाई यो सम्मान उत्कृष्ट रुसी कविता 'रूसको सुन्दरता' को लागि प्रदान गरिएको हो। मस्कोमा विशेष समारोहको क्रममा उनको कोटमा २२ क्यारेट सुनको प्वाँख पिन गरिएको थियो, जसको अघि उनलाई सोभियत लेखक संघद्वारा म्याक्सिम गोर्की पुरस्कार प्रदान गरिएको थियो। 

पोखरेलका कविता ३९ वटा भाषामा अनुवाद भइसकेका छन्, जसले उनका रचनालाई संसारभर पुर्‍याएको छ। उनको लेखनले नेपालको साहित्यलाई नयाँ उचाइमा पुर्‍याएको छ । गत दुई महिनादेखि, उनी रूसमा रहँदै शान्तिको सन्देश फैलाउँदै आफ्नो कविताहरू लेख्दै आएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप