शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

कंगोमा डुंगा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु

शुक्रबार, १८ असोज २०८१, ०१ : ५८
शुक्रबार, १८ असोज २०८१

गोमा । पूर्वी कंगोको किभु तालमा एक यात्रुवाहक डुंगा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ ।

खोज तथा उद्धारका क्रममा ७८ जनाको शव फेला परेको अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार डुंगामा २७८ जना यात्रु थिए ।

किभु प्रान्तका गभर्नर जीन ज्याकका अनुसार अझै पनि केही यात्रुहरू बेपत्ता रहेकाले मृतकको संख्या बढ्ने क्रममा रहेको छ । उनले अझैपनि कति जनाको मृत्यु भएको र कति जना बेपत्ता रहेको भनेर यकिन गर्न सकेको अवस्था नरहेको बताए ।

तालमा बेपत्ताहरूको अझैपनि खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् । उनीहरूले यो दुर्घटनालाई अफ्रिकी क्षेत्रकै ठूलो जल दुर्घटनाका रुपमा हेरिएको छ। 

'प्रत्यक्षदर्शीहरूका अनुसार डुंगा खचाखच मानिसहरूले भरिएको थियो, अचानक डुंगाले आफ्नो कन्ट्रोल गुमायो । त्यसपछि देख्दा-देख्दै मानिसहरू पानी खसे,' एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एपीले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप