शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

उसुमा नेपालले जित्यो चार स्वर्ण पदक

शुक्रबार, १८ असोज २०८१, ०० : ३०
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा चार स्वर्ण पदक जितेको छ ।

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा नेपालले थप पाँच रजत र एक कास्यपदक पनि जितेको नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनले जानकारी दिए । उनका अनुसार ममता सुनुवार राईले दोहोरो स्वर्ण जितिन् ।

ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण जितेकी हुन् । पुरुष ४८ केजीमुनि विराज सुनार तथा ५६ केजीमुनि निश्चल तामाङले स्वर्ण हात पारे ।

त्यस्तै, पुरुष ६५ केजीमुनि सौगात चन्द, महिला ४८ केजीमुनि अनिता तामाङ, महिला ५६ केजीमुनि मञ्जरी राई, महिला थाइची छ्वानमा प्राथना नेपाल र महिला ५२ केजीमुनि सुभाङ्गी राज्यलक्ष्मी गौतमले रजत जित हात पारे । रुफस केसीले पुरुष थाइची छ्वानमा कास्यमा चित्त बुझाइन् ।

सोही प्रतियोगितमा सहभागी तेक्वान्दो टोलीले दुई स्वर्ण, चार रजत र आठ कास्यपदक जितेको छ । महिला ६८ केजीमुनि ऋषिका बुढाथोकी तथा पुम्सेको महिला जोडीमा ऋषिका र युनिशा निरौलाले पहिलो स्थान हात पारे ।

पुरुष ४५ केजीमुनि आदित्य पराजुली, पुरुष ६८ केजीमुनि पङ्कज विक, महिला ४२ केजीमुनि इच्छा विष्ट र महिला एकल पुम्सेमा ऋषिकाले रजत जिते । 

पुरुष ४८ केजीमुनि दिपन सापकोटा, ४२ केजीमुनि युनिशा निरौला, महिला ५२ केजीमुनि सन्ध्याकुमारी पासवान, पुरुष एकल पुम्सेमा सुभम् पोखरेल र पङ्कज विक, महिला एकल पुम्सेमा आदित्य ढकाल, पुरुष जोडी पुम्सेमा आदित्य पराजुली र सुभम् पोखरेल तथा पुम्से महिला जोडीमा इच्छा विष्ट र आदित्य ढकालले कास्य पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप