शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

सिड्नीमा नेपाली व्यवसायी म्याक्सले खोले कन्ट्री फ्रेस रगडेल

न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्स र मन्त्री स्टेफेन क्याम्परले गरे उद्घाटन
शुक्रबार, १८ असोज २०८१, ०० : ४५
शुक्रबार, १८ असोज २०८१

सिड्नी । नेपालीहरूको बाक्लो बसोबास रहेको सिड्नीको रकडेलमा नेपाली मुलका व्यवसायीले सन्चालन गरेको कन्ट्री फ्रेस रगडेल बिहीबारदेखि सञ्चालनमा आएको छ ।

युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) द्वारा उक्त मार्टको एक कार्यक्रमका बीच अष्ट्रेलियाकै ठूलो राज्य न्यू साउथ वेल्सका प्रिमियर  (मुख्यमन्त्री) क्रिस मिन्स र मन्त्री स्टेफेन क्याम्पर लगायतले संयुक्तरुपमा उद्घाटन गरे ।

यसरी नेपाली व्यवसायीले सञ्चालन गरेको व्यवसाय प्रवर्द्धनमा सिड्नीका मुख्यमन्त्री नै उपस्थित भएको यो नै पहिलोपटक भएको दाबी गरिएको छ ।

कार्यक्रममा न्यू साउथ वेल्सका प्रिमिअर क्रिसले म्याक्सलाई आफूले लामो समयदेखि चिनेको बताए । उनले भने, 'म्याक्सले जे गर्छन्, मनबाटै गर्छन् र यसै कारण उनी सफल छन्।' उनले यस क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि यो व्यवसाय खोलिदिएकोमा म्याक्सलाई धन्यवाद पनि दिए ।

त्यस्तै, मन्त्री स्टेफन क्याम्परले म्याक्सको उदार र परोपकारी स्वभावको चर्चा गर्दै समुदाय र व्यवसाय दुबैको लागि उनी उत्तम ब्यक्ति भएको बताए । कार्यक्रममा नेपाली वाणिज्य दूत सञ्जीव शर्माले म्याक्सको संघर्षलाई नजिकबाट देखेको बताउँदै अहिलेको सफलताका लागि बधाई दिए।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, न्यू साउथ वेल्सका प्रतिष्ठित सामुदायिक नेताहरू, रकडेल तथा आसपासका तीन सयभन्दा बढी स्थानीय व्यवसायी, उद्यमी, र बासिन्दाहरूको उपस्थितिमा रहेको थियो। 

कार्यक्रममा बोल्दै व्यवसायी म्याक्सले आफूलाई यो स्थानसम्मा ल्याउन सहयोग पुर्‍याउने समुदायका अगुवा, परिवारजन, व्यवसायिक सहयात्रीहरु सबैलाई सम्झिँदै धन्यवाद प्रकट गरे । 

सिड्नीमा केही वर्षदेखि लोकप्रिय बन्दै गएको एभरेस्ट बुचरीलाई विस्तार गर्दै म्याक्सले यो व्यवसाय सन्चालनमा ल्याएका हुन् । एनआरएनए अभियानदेखि युवा र विद्यार्थीका लागि काम गर्दै आएका म्याक्स एक सामाजिक स्वयंसेवीका रूपमा समेत परिचित छन्।

कन्ट्री फ्रेस रगडेलका ब्यबस्थापक जीवन प्रसाईंका अनुसार यहाँ सबै प्रकारका किराना सामानहरू, स्थानीय ग्राहकहरूका मनपर्ने उत्पादनहरू, ताजा मासु सहित एकै ठाउँमा सबै सामानहरु उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप