शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

डेङ्गुमा साँच्चै फाइदाजनक छ त मेवाको पातको जुस ?

शुक्रबार, १८ असोज २०८१, ०३ : ००
शुक्रबार, १८ असोज २०८१

काठमाडौं । देशभर लामखुट्टेबाट सर्ने रोगका घटना बढ्दै गएका छन् । काठमाडौंमा डेङ्गुका बिरामीहरू बढिरहेका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने यी रोगहरू कतिपय अवस्थामा घातक पनि हुन सक्छन् । 

समयमै उपचार नपाए डेङ्गु घातक पनि हुन सक्छ । जसरी डेङ्गुका बिरामी बढ्दै गएका छन्, त्यसको रोकथामका लागि सबैले पहल गरिरहनुपर्ने स्वास्थ्य विज्ञहरूले बताइरहेका छन् । 

बालबालिका र वृद्धवृद्धाहरूमा डेङ्गुको अवस्थाले गम्भीर लक्षण निम्त्याउन सक्छ, जसका लागि सावधान रहनु अत्यन्त आवश्यक छ । कसैलाई डेङ्गुको लक्षण देखिएको छ भने समयमै चेकजाँच गराउनुस् ।

डेङ्गुमा मेवाको पातको जुस ?  

डेङ्गु हुँदा मेवाको पातको जुस खानु पर्छ भनेर हामीले कयौं पटक सुनेका छौं । डेङ्गुका बिरामीमा प्लेटलेट कम हुने समस्या बढी देखिन्छ । मेवाको पातको रस प्लेटलेट काउन्ट बढाउन सहयोगी हुने मानिन्छ । तर डेङ्गुका रोगीका लागि मेवाको पातको रस साँच्चै फाइदाजनक छ त ? 

यसको सेवनले प्लेटलेट्स काउन्ट बढाउन सकिन्छ ? मेवाको फल र यसको पातको रस दुवैले धेरै स्वास्थ्य लाभ प्रदान गर्न सक्छ भनेर कयौं अध्ययनले देखाएका छन् । त्यसो भए यसलाई डेङ्गुको उपचारको रूपमा प्रयोग गर्न सकिन्छ त ?

डेङ्गुको अहिलेसम्म कुनै खास उपचार नभए पनि यसको लक्षण नियन्त्रणका लागि केही औषधि दिइएको छ । मेवाको पातको जुस यसमा फाइदाजनक छ कि छैन भनेर बुझ्न चिकित्सकको टोलीले डेङ्गुका बिरामीलाई मेवाका पातको जुस खान दिएका थिए । यस क्रममा मेवाको पातमा प्लेटलेट्स काउन्ट बढाउने क्षमता पाइयो । 

एक अध्ययनअनुसार, मेवाको पातलाई डेङ्गु प्रभावित क्षेत्रमा थ्रोम्बोसाइटोपेनियाको उपचारमा प्रयोग गरिएको पनि भेटिएको छ । थ्रोम्बोसाइटोपेनिया भनेको रगतमा प्लेटलेटको संख्या कम भएपछि उत्पन्न हुने स्थिति हो । प्लेटलेट्सले रक्तस्राव रोक्न र रगतलाई जमाएर घाउ निको पार्न मद्दत गर्छ । त्यसैले प्लेटलेट कम हुँदा डेङ्गुमा रक्तश्रावको जोखिम बढ्छ ।

डेङ्गुका बिरामीले मेवाको पातको जुस पिउने कि नाईं ?

अब प्रश्न उठ्छ, डेङ्गु लागेका बिरामीले मेवाको पातको जुस पिउने कि नपिउने ? डेङ्गुलाई गम्भीर मानिन्छ । यसका कारण मान्छेको ज्यानै पनि जान सक्छ । 

त्यसैले तपाईँमा पनि यसका लक्षणहरू देखिएका छन् भने एक पटक अस्पतालमा स्वास्थ्य चेकजाँच गराउनुहोस् । डेङ्गुका लक्षणहरू कम गर्न मेवाको पातको रस लाभदायक हुन सक्छ । तर यसको सेवन पनि हचुवाको भरमा नभएर चिकित्सकको सल्लाह बमोजिम गर्नुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप