पाँचथरमा बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण

पाँचथर । यही असोज १२ गते आएको बाढीले पुल बगाएका यहाँका दुई खोलामा फड्के निर्माण गरी मानिसको आवतजावतलाई सहज बनाइएको छ ।
मेची राजमार्गअन्तर्गत नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को हेवा खोला तथा फिदिम–फालोट सडकअन्तर्गत फिदिम नगरपालिका १ र ११ को फेमे खोलामा फड्के निर्माण गरिएको हो । पुल बगाएपछि आवतजावत ठप्प भएका यी स्थानमा फड्के बनेपछि यात्रा सहज भएको छ ।
मेची राजमार्गअन्तर्गत हेवा खोलामा रहेको बेलिब्रिज बगाएको स्थानभन्दा करिब एक सय मिटर तल फड्के निर्माण भएको छ । नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय, फिदिम नगर प्रहरी, फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका तथा स्थानीय युवाको सक्रियतामा चार दिन लगाएर उक्त फड्के बनाइएको हो । फड्के निर्माण गरिएको स्थान नजिकै सडक डिभिजन कार्यालय इलामले डाइभर्सन निर्माण गर्ने तयारी गरिरहेको छ ।
फिदिम नगरपालिकाकै वडा नं. १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने फेमे खोलाको सडक पुल बाढीले बगाएपछि यातायात पूर्णरुपमा अवरुद्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमलाई थुनामा राख्न सर्वोच्चले आज पठाएको पत्रमा के छ ?
-
७५ लागेँ मदनकृष्ण, ‘मह’ पुग्यो ४५ वर्ष
-
एसियाली खेलकुदमा क्रिकेट पनि समावेश गरियो
-
‘झिल्को’ सबैको प्रिय मोबाइलमाथिको प्रश्न हो : यादव भट्टराई
-
वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो
-
पाकिस्तानी अभिनेत्री हानिया आमिरलाई भारतीय फ्यानले पानीको बोतल पठाएपछि...