शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा बाढी पहिरो पीडितका लागि सहयोग

बिहीबार, १७ असोज २०८१, २२ : ०६
बिहीबार, १७ असोज २०८१

टोकियो । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च जापानले नेपालका बाढी पहिरो पीडितकाहरुका लागि १ लाख ७२ हजार २ सय ३६ रुपैयाँ नगद सहयोग गरेको छ । जापानस्थित मञ्चका सचिव जीवन पोखरेल कन्चनको संयोजकत्वमा सञ्चालित आपत्कालीन राहत सङ्कलन अभियानमार्फत उक्त रकम सङ्कलन गरिएको हो । 

सो रकम सङ्गठनका अध्यक्ष मोहन पौडेलमार्फत नेपाल पठाइसकिएको मञ्चले जानकारी दिएको छ  । कन्चनले भने, ‘पछिल्लो बिहीबारदेखि नेपालमा परेको भारी वर्षाका कारण हुन गएको अपूरणीय धनजनको क्षतिप्रति हामी दुःखी छौ । विपत्तिमा केही गर्न नसके पनि दुःखमा हामी पनि साथमा छौ भन्ने दर्साउन सङ्गठनले राहत सहयोग कार्यक्रम चलाएको थियो । हालै अखिल क्रान्तिकारीले काठमाडौँका पीड़ितहरुलाई खाना ख्वाउने कार्यक्रम पनि चलाएको थियो । हामीले सङ्कलन गरेको रकमले त्यहाँ भएको खर्चलाई पनि केही हुने सोचेका छौँ  ।’ 

सङ्गठनका पूर्वी एसिया प्रदेशका सहसंयोजक डा.भूपालमान श्रेष्ठले मानवीय विपद्को समस्यालाई सबैले एकसाथ सामना गर्नुपर्ने उल्लेख गर्दै पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न आह्वान गरे । मञ्चका जापान इन्चार्ज शालिकराम भण्डारीले अभियानमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । 

उक्त सहयोग रकम आजै पार्टीको विपद् व्यवस्थापन कोषमा जम्मा भएको कुरा पनि मञ्चका अध्यक्ष पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप