बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो जितुको ‘ज्वाइँ साब’

बिहीबार, १७ असोज २०८१

काठमाडौँ । आगामी २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट ५६ सेकेण्डको ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ ।

ट्रेलर फिल्मका प्रमुख पात्र जितु नेपाल वरपर घुमेको छ । आफ्नो विवाह नगरिदिएर बुवाले आफैँ बिहे गरेपछि रिसाएका जितुको विवाह गर्ने यात्रालाई ट्रेलरमा स्थान दिइएको छ । ट्रेलरमा नीति शाहसँग विवाह गर्न तयार युवाले विभिन्न प्रतिस्पर्धा गरेको देखाइएको छ । जसमा भारी बोक्ने, चिया पकाउने, लुगा धुनेलगायतका प्रतियोगिता समेटिएका छन् ।

ट्रेलरमा फिल्मका कलाकार जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकार समेत अटाएका छन् । 

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मस्को ब्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया