बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

डेउडा गायक स्वर्गीय बोगटीको श्रद्धाञ्जली सभा सम्पन्न

बिहीबार, १७ असोज २०८१, २० : ३८
बिहीबार, १७ असोज २०८१

 कैलाली । डेउडा प्रतिष्ठान केन्द्रीय कार्यालय धनगढीमा वरिष्ठ डेउडा गायक  स्वर्गीय दलबहादुर बोगटीको १५औँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।    

सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बहादुर बमले श्रद्धाञ्जली सभामा बोल्दै वरिष्ठ डेउडा गायक बोगटीको निधनले आफू अत्यन्तै दुखित र मर्माहत भएको बताए । सरल स्वभाव शालीन व्यक्तित्व लोभ लालचा केहि नभएका एक हस्ती गुमाउँदा सुदूरपश्चिम प्रदेशलाई अपूरणीय क्षति भएको उनले बताए ।  

श्रद्धाञ्जली सभामा बोल्ने अधिकांश वक्ताहरूले नेपाली लोक संस्कृतिको संरक्षण, संवर्द्धन, प्रचारप्रसार एवं उन्नयनमा अनवरत रूपमा जीवन समर्पित गरेका पूर्वराष्ट्र सेवक कर्मचारी , लोक संस्कृतिका एक धरोहर, डोटेली चलचित्रदेखि सयौँ  गीतमा अभिनय गरेका अभिनेता, गायक एवं संस्कृतिविद् बहुप्रतिभावान क्षमता भएका अग्रज अभिभावक गुमाउँदा सिंगो कलाकारिता क्षेत्र नै टुहुरो बनेको बताए ।

bbb11

यसैबिच श्रद्धाञ्जली सभामा स्वर्गीय बोगटीको नाममा अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ । त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्पूर्ण संघसंस्था, व्यक्तिहरू सबैलाई सहयोग गर्न आह्वान गरिएको छ । सबैको साझा व्यक्ती भएकाले यो कोष सबैको साझा रूपमा सञ्चालन गरिने डेउडा प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा)ले बताए ।

स्वर्गीय बोगटी पूर्वराष्ट्र सेवक कर्मचारीदेखि, डेउडा प्रतिष्ठान केन्द्रीय कार्य समितिका अध्यक्ष ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलाली जिल्लाका पूर्व अध्यक्ष ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  सुदूरपश्चिम प्रदेशका पूर्वउपाध्यक्ष, नेपाल सांस्कृतिक महासंघ कैलाली जिल्ला सदस्य ,सुदूरपश्चिम साहित्य समाज सदस्य ,नेपाल सांस्कृतिक कलाकर्मी संघ कैलाली जिल्लाका पूर्वअध्यक्ष ,लगायत दर्जनौँभन्दा बढी संघ संस्थामा आबद्ध पनि रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप