बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

केराबारीमा डुबेर दुई बालकको मृत्यु

बिहीबार, १७ असोज २०८१, २० : १५
बिहीबार, १७ असोज २०८१

विराटनगर । मोरङ केराबारीमा दुई नाबालकको डुबेर मृत्यु भएको छ । केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर मृत्यु हुनेमा सोही ठाउँका तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं रहेका छन् ।

मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरका कामदार रहेको प्रहरीले जनाएको छ । नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको विषयमा प्रहरीले दिउँसो ३ः४० बजेतिर सूचना पाएको थियो । 

सोही सूचनाको आधारमा खोजी गर्ने क्रममा दुवै जना डुबेको अवस्थामा फेला परेका थिए । मृतक बालक भूपेनको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन् । क्रसरको चरम लापरबाहीले घटना भएको स्थानीयको आरोप छ । प्रहरीले भने पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरूको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । 

सो ठाउँबाट मिक्सगिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो । तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यत्तिकै छाडेका कारण २ नाबालकले अकालमा ज्यान गुमाएको स्थानीय बताउँछन् । उक्त क्रसरमा केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीसहित रोशन सुब्बा, विशाल खरेललगायतको लगानी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप