बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

विपत्तिमा पनि सरकार जनताको साथमा देखिएन: साह

बिहीबार, १७ असोज २०८१, १९ : ५१
बिहीबार, १७ असोज २०८१

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विपत्तिको समयमा पनि सरकार जनताको साथमा नरहेको आरोप लगाएका छन् ।  बाढी पहिरोको विपत्तिबाट २ सय भन्दा बढी नागरिकले ज्यान गुमाएको र अझै दर्जनौँ बेपत्ता रहेको अवस्थामा सरकारले प्रभावकारी ढङ्गले काम नगरेको उनको आरोप छ । 

बिहीबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा साहले अहिले मुलुकमा सरकार नै नभएको आभास भएको बताए । उनले देशमा नागरिक मर्दा विदेश सयर गर्ने, स्वदेश फर्किएपछि विपत्तिलाई मजाक गरेर उडाउने र बालुवाटारको खोपीमा मात्रै बस्ने प्रधानमन्त्री जनतालाई नचाहिएको बताए । 

 ‘देशमा अहिले सरकार छैन । नागरिकले यत्रो विपत्ति सामना गर्नुपरेको छ । सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाएको अवस्था छ, तर प्रधानमन्त्री र मन्त्रीहरू कहीँ कतै देखिनुभएन । पीडितहरूले सरकार सरकार भनेर गुहारेको अवस्था छ । तर, सरकारका कोही पनि मन्त्रीहरू मैले प्रभावित क्षेत्र र पीडितहरूको घरमा पुगेको देखिनँ । यो सरकार खासगरी प्रधानमन्त्री ओलीसँग मानवीय समवेदना भन्ने चिज रहनेछ । उहाँ एकदमै निर्दयी देखिनुभयो’, शाहले कटाक्ष गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप