बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

बिहीबार, १७ असोज २०८१, १९ : ४९
बिहीबार, १७ असोज २०८१

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखैरेनी सडकको गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा भीमसेन थापा गाउँपालिका–२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप