शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

रात्रिकालीन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडि बढेको छ : मन्त्री दाहाल

बिहीबार, १७ असोज २०८१, १९ : २७
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरीत यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालीन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताएका हुन् । 

मन्त्री दाहालले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरूले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडि बढेको बताए । उनले वैकल्पिक राजमार्गबाट यात्रुहरूलाई काठमाडौँ बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वाभाविक भएको भन्दै अत्यधिक भाडा बढाएमा भने अनुगमन हुने बताए । 

उनले भने, ‘सिधा बाटोको साटो अलिकति घुमाएर लाँदा थोरै शुल्क बढायो भने त त्यसलाई आँखा चिम्लिन सकिन्छ तर अत्यधिक बढायो भने त्यसको अनुगमन गर्नैपर्छ । नियमित भाडाभन्दा बढी भयो भने त्यसको अनुगमन गर्नका लागि हामीले अनुगमन संयन्त्र पनि बनाएका छौँ । नेपाल प्रहरी र यातायात व्यवस्था विभागले समन्वय गरेर काम गरिरहेको अवस्था छ ।’

मन्त्री दाहालले अवरुद्ध सडक सञ्जाल सञ्चालन गर्न प्रयास भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप