बाढी पहिरोबाट प्रभावित ५ सयभन्दा बढीको निःशुल्क उपचार
काठमाडौँ । बाढी पहिरोबाट प्रभावित ५ सयभन्दा बढीको निःशुल्क उपचार भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरमा ५ सयभन्दा बढीले निःशुल्क उपचार सेवा लिएको जनाएको हो ।
मन्त्रालयका अनुसार विपद् प्रभावितमध्ये बहिरंग सेवाबाट ५६२ जना र भर्ना भई अन्तरंग सेवामार्फत शल्यक्रियासहित उपचार लिने कुल १०८ जनामा उपचाररत ३५ र उपचार पश्चात् डिस्चार्ज हुने सङ्ख्या ७३ जना छन् ।
असोज ११ र १२ गते देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायत विपद्का कारण २१ वटा जिल्लाका मानिस प्रभावित भएका छन् । उद्धार गरिएका घाइतेहरूको निःशुल्क उपचार भइरहेको मन्त्रालयको दाबी छ ।
यस्तै मन्त्रालयले बाढी, पहिरोका कारण पानीका स्रोतहरू प्रदूषित हुने सम्भावना अधिक रहेकाले पानीजन्य रोगहरू र सरसफाइ सम्बन्धी जनस्वास्थ्यका समस्याहरू झनै बढ्नसक्ने जनाएको छ । त्यस्तै किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता समस्या हुन सक्ने मन्त्रालयको बनाई छ । जनस्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधि, उपकरणहरू, स्वास्थ्यकर्मीहरूको व्यवस्थापनका लागि स्थानीय, जिल्ला स्वास्थ्य कार्यालयहरू र प्रदेशका सम्बन्धित निकायहरू मार्फत स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रहरूले समन्वयको व्यवस्था गरिरहेको जानकारी गराएको छ ।
यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी कुनै समस्याको बारेमा जानकारी आवश्यक परेमा मन्त्रालयको कल सेन्टरको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
यस्तै, स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रका कुमारी बन्दना भट्ट (९८४११९०९४१ ), प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, कोशी प्रदेशका उपमा कोइराला (९८४२०४९४१५ ), यस्तै, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, मधेस प्रदेशका फुलेन्द्र यादव ( ९८१९९४२७६०) र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, बागमती प्रदेशका डा. रबिन भुसाल (९८५१०१४६३८ ) लाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतितोला ११ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
-
भूमिकाको ‘आँखा मार्यो’ गीतमा मञ्जु थापाको नृत्य
-
४९ दिनमा सकियो ‘होस्टेल ३’
-
जनयुद्धको विरासत, संसदीय राजनीति र अबको बाटो
-
रात्रिकालीन व्यवसाय : मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्ने बलियो माध्यम
-
‘पुष्पा ३’ छिट्टै निर्माण होस् भन्ने चाहन्छन् अल्लु अर्जुन