बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

सभागृहमा कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव सुरु

बिहीबार, १७ असोज २०८१, १८ : २८
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । बिहीबारदेखि राजधानीमा दोस्रो कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव २०८१ सुरु भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौँ र काठमाडौँ महानगरपालिकाको संयुक्त रूपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा मेला आयोजना गरिएको हो ।  

शुभारम्भ गर्दै काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरूको बजारीकरण पनि महत्त्वपूर्ण पाटो भएको बताए ।

स्थानीयस्तरमा तालिम गरेर उद्यमशीलतामा लाग्नेहरूले तयार गरेका उत्पादनहरूको बजारीकरणमा चुनौती देखिएको भन्दै उहाँले उद्यमशीलतामा लाग्नेहरूलाई उत्पादनदेखि बजारीकरणमा पनि सघाउन स्थानीय निकायहरूको ध्यानाकर्षण गराए ।

घरेलु तथा साना उद्योग संघ काठमाडौँका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकासँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौँ जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको काठमाडौँ जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गरिएको बताए ।

काठमाडौँ महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको उनले बताए ।

प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्ग्यानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्ग्यानिक फलफूल, चोयोको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका चिउरा, अर्ग्यानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप