मधेस सरकारले जनकपुरमा अत्याधुनिक शौचालय बनाउँदै

वीरगन्ज । मधेस प्रदेश सरकारले तीनवटा अत्याधुनिक शौचालय बनाउने भएको छ । प्रदेशको राजधानी सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत जनकपुरमा प्रदेश सरकारले तीनवटा अत्याधुनिक शौचालय बनाउने भएको हो ।
तीन करोडको लागतमा उक्त शौचालयहरू निर्माण गर्ने योजना बनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थानको छनौट गर्ने कार्य अगाडि बढाइएको छ ।
त्यसका लागि अहिलेसम्म जनकपुरधामका बसपार्क, राम मन्दिरको दक्षिणी भाग र कभर्डहल तथा मणिपालको बिचमा जग्गा छनौट समेत गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
जानकी मन्दिर दर्शन गर्न तथा विभिन्न धार्मिक एवं सांस्कृतिक उत्सवमा सहभागी हुन आउने भक्तजनलगायतका लागि जनकपुरमा सुविधा सम्पन्न शौचालय नहुँदा सास्ती व्यहोर्नु परेको गुनासाहरू बढ्दै गएको थियो ।
जनगुनासा बढ्न थालेपछि प्रदेश सरकारले तीनवटा शौचालय निर्माण गर्ने योजना बुनेको मधेसका मुख्यमन्त्री सतिस सिंहले बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय स्टयान्ड्र्ड अनुसार शौचालय निर्माण गरिन्छ । त्यसमा बढी शौचालय निर्माण गरिएको हुन्छ । सबै अत्याधुनिक हुन्छ, जुन देखेर पनि पर्यटकहरू ‘वाहवाही’ गर्छन् । त्यस्तो किसिमको अत्याधुनिक शौचालय बनाउन लागिएको हो ।’
यस्तै जनकपुरधाममै सांस्कृतिक पर्यटकीय पार्क निर्माणका लागि जनकपुरधामको तिरहुतिया गाछीमा जग्गा छनौट गरिएको जनाइएको छ । खुला जिमसहितको पार्क निर्माणका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?