बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली जनसम्पर्क समिति हङकङको शपथ कार्यक्रम सम्पन्न

बिहीबार, १७ असोज २०८१, १७ : ५१
बिहीबार, १७ असोज २०८१

 काठमाडौँ । नेपाली जनसम्पर्क समिति हङकङको १३ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । अक्टोबर १ तारिकको  दिन हङकङमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

जनसम्पर्क समितिमा शैलेन्द्रसिंह बोगटीको सभापतित्वमा १३ औँ अधिवेशनबाट कार्यसमिति निर्वाचित भएका थिए ।समितिमा उपसभापति ओमराज गुरुङ र  ताहिर खान, महामन्त्रीमा खुसी लिम्बु र  भबिन लिम्बु ,सह–महामन्त्रीमा  किरण थुलुङ र प्रशान्त गुरुङ ,कोषाध्यक्षमा रामचन्द्र  बिक, सहकोषाध्यक्षमा  उपेन्द्र  बिक, सदस्यहरुमा मिलन गुरुङ ,बिकी गुरुङ लगायत निर्वाचित भएका थिए ।

निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले शपथ ग्रहण गराएका हुन् । सो क्रममा गुरुङले प्रवासी नेपालीहरूलाई जोड्न जनसमिति महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप